काठमाडौं, असार १७
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा नेपाली समयअनुसार भोलि बिहान पहिलो सेमिफाइनल खेल हुँदैछ । प्रतियोगिता आयोजक टिम ब्राजिल र पाहुना टोली अर्जेन्टिना प्रतियोगिताको फाइनल पुग्न सेमिमा आमनेसामने हुन लागेका हुन् । यो खेल नेपाली समयअनुसार भोलि (बुधबार) बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दादेदार टिम सेमिमै भिड्न लागेकाले यो खेल प्रतीक्षाको खेल बनेको छ ।
ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रका दुई ठूला र चीर प्रतिद्वन्दी टोली हुन् । यी दुई देशको खेल अफिसियल प्रतियोगिता मात्रै नभएर मैत्रीपूर्ण खेलले निकै ठूलो महत्त्व राख्ने गर्छ । यी दुई सन् सन् १९१४ देखि २०१९ सम्म आइपुग्दा कूल १०९ पटक एकअर्काविरुद्ध खेलेका छन् । तुलनात्मक रूपमा अर्जेन्टिनाविरुद्ध ब्राजिलको इतिहास बलियो छ । खेलेका कूल खेलमध्ये ब्राजिलले अर्जेन्टिनाभन्दा ६ खेल बढी जितेको छ । यहाँ ब्राजिल र अर्जेन्टिनाको इतिहासलाई ‘हेड टु हेड’मा चर्चा गरिएको छ ।
पहिलो खेल – २० सेप्टेम्बर १९१४ – अर्जेन्टिना ३– ० ब्राजिल
अन्तिम खेल – १६ अक्टोबर २०१८ – अर्जेन्टिना ० – १ ब्राजिल
हालसम्म कूल खेल :
- कूल खेल – १०९
- ब्राजिल विजयी – ४५
- अर्जेन्टिना विजयी ३९
- बराबरी – २५
पछिल्ला १०० खेल :
- अर्जेन्टिना विजयी – ३७ खेल (गरेको गोल १५३)
- ब्राजिल विजयी – ३८ खेल (गरेको गोल १५२)
- बराबरी – २५ खेल
सबैखाले अफिसियल प्रतियोगितामा :
- कूल खेल – ४८
- अर्जेन्टिना विजयी – १९
- ब्राजिल विजयी – १७
- बराबरी – १२
पछिल्ला पाँच खेलको नतिजा :
- १६ अक्टोबर २०१८ – अर्जेन्टिना ० – १ ब्राजिल
- ९ जुन २०१७ – ब्राजिल ० – १ अर्जेन्टिना
- १० नोभेम्बर २०१६ – ब्राजिल ३ – ० अर्जेन्टिना
- १३ नोभेम्बर २०१५ – ब्राजिल १–१ अर्जेन्टिना
- ११ अक्टोबर २०१४ – ब्राजिल २– ० अर्जेन्टिना