एथ्लेटिको छाडेका गोडिन इन्टर मिलानमा अनुबन्ध

एजेन्सी, असार १६
सिजन २०१८÷१९ सकिएसँगै स्पेनिस क्लब एथ्लेटिको मड्रिड छाड्ने घोषणा गरेका उरुग्वेन डिफेन्डर डिएगो गोडिन इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन् । उनलाई आज क्लब मिलानले औपचारिक रूपमा अनुबन्ध गरेको घोषणा गरेको हो ।

३३ वर्षीय गोडिनले एथ्लेटिकोमा सन् २०१० देखि २०१९ सम्म गरी ९ वर्ष बिताएर क्लब छाड्ने घोषणा गरेका थिए । स्पेनिस क्लबमा उनले सो अवधिमा कूल २७७ खेल खेल्दै १७ गोल गरेका थिए । त्यसअघि उनी स्पेनकै क्लब भिल्लारियलमा आबद्ध थिए ।

उरुग्वेको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका गोडिनसँग मिलानले ३ वर्षका लागि सम्झौता गरेको हो । अब गोडिन ३६ वर्षको हुँदासम्म मिलानमै रहनेछन् । सम्भवतः गोडिनका लागि मिलान करिअरको अन्तिम क्लब हुनेछ । अहिले गोडिनले पाउने सेवा–सुविधाबारे खुलाइएको छैन ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार १०:४१
Loading...