यस्तो छ ब्राजिलविरुद्ध मेस्सीको रेकर्ड

एजेन्सी, असार १६
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा २ दिनपछि आयोजक ब्राजिल र पाहुना टोली अर्जेन्टिना सेमिफाइनल खेलमा खेल्दैछन् । फाइनल पुग्न दुई चीर प्रतिस्पर्धी देशले अब एकअर्कालाई पन्छाउनुर्ने हुन्छ । दुवै टिममा स्टार खेलाडी भएकाले यो खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । कतिपयले त यस खेललाई प्रतियोगिताको फाइनल खेलसमेत भनेका छन् ।

आफ्नो भूमिमा खेलिरहेको तथा प्रतियोतिगामा उच्च लयमा रहेको ब्राजिलविरुद्ध अर्जेन्टिनाका लिओनल मेस्सीको विगतको रेकडै कस्तो होला ? यसबारे चर्चा गरौं । स्पेनिस बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेस्सीले हालसम्म ब्राजिलविरुद्ध कूल ९ खेल खेलेका छन् । त्यसक्रममा उनले ३ खेल मात्रै जित्न सकेका छन् ।

बाँकी ६ खेलमध्ये १ खेलमा मेस्सीको टिम बराबरीमा रोकिएको छ भने ५ पटक हारेको छ । यसरी हेर्दा ब्राजिलविरुद्ध मेस्सीको रेकर्ड टिमका हिसाबमा निकै कमजोर देखिन्छ । उनको नेतृत्वमा अर्जेन्टिनाले खेलेमध्ये आधा खेल हारेको छ ।

ब्राजिलविरुद्ध मेस्सीले व्यक्तिगत रूपमा भने ९ खेलबाट कूल ४ गोल गरेका छन् । जसमा ४ मध्ये ३ गोल भने उनले कोपामै गरेका छन् । मेस्सीले सन् २०१२ मा अर्जेन्टिनाले ब्राजिललाई ४–३ ले हराउँदा ३ गोल गरेका थिए भने १ गोल भने मैत्रीपूर्ण खेलमा गरेका छन् ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार ०६:०२
Loading...