अफ्रिका कप : इजिप्ट समूह विजेता बन्दै अन्तिम १६ मा

काठमाडौं, असार १६
मोहमद सालाहको टिम इजिप्ट अफ्रिका कप अफ् नेसन्स फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको समूहको अन्तिम खेलमा उसले युगान्डालाई २–० ले हराउँदै समूह ‘ए’ को विजेताको हैसियतमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

युगान्डामाथि जित निकाल्नेक्रममा इजिप्टका लागि मोहमद सलाह र एल मोहम्मदीले १–१ गोल गरे । इजिप्टले खेलको ३६औं मिनेटमा सालाहको गोलबाट अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा इजिप्टका लागि माहम्मदीले गोल गर्दै टिमलाई २–० को सहज अग्रता दिलाएका थिए ।

पहिलो हाफमा सहज अग्रता बनाएको इजिप्टले दोस्रो हाफमा गोल गर्न सकेन । र, सोही अग्रता जोगाएर खेल २–० ले जित्यो । यससँगै इजिप्टले समूह ‘ए’ शतप्रतिशत जित निकाल्दै कूल ९ अंक बनाएर अन्तिम १६ मा पुग्न सफल भयो । यता, पराजित भएको युगान्डा पनि उपविजेता बनेर अन्तिम १६ मा पुग्न सफल भयो ।

प्रकाशित मिति १६ असार २०७६, सोमबार ०२:०८
Loading...