कोपा अमेरिका : सेमिफाइनल र फाइनल खेलबारे जानकारी

काठमाडौं, असार १५
ब्राजिलमा जारी ४६औं संस्करणको फुटबल प्रतियोगितामा क्वार्टरफाइनलका खेल सकिएर अब सेमिफाइनल, तेस्रो स्थानका लागि र फाइनल खेल हुन बाँकी छन् । गत राति उरुग्वेलाई पेनाल्टी सुटआउटमा पेरुले ५–४ ले हराउँदै सेमिमा स्थान बनाएपछि सेमिमा खेल्ने ४ वटै टोलीको टुंगो लागेको हो । अब जम्मा तीन चरणका खेल बाँकी छन् । सेमिफाइनल, तेस्रो स्थानका लागि र फाइनल खेल ।

सेमिफाइनलको एक खेलमा ब्राजिल र अर्जेन्टिना खेल्नेछन् । अन्तिम आठमा ब्राजिलले पेनाल्टीमा पराग्वेलाई ४–३ ले हराएर सेमिफाइनल पुग्दा अर्जेन्टिनाले भेनेज्वेलालाई निर्धारित समयमै २–० ले हराएर सेमिमा ब्राजिलसँगको भेट पक्का गरेको हो । त्यसैगरी, दोस्रो सेमिफाइनलमा चिली र पेरु खेल्नेछन् । अन्तिम आठमा चिलीले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएर सेमिमा स्थान बनाउँदा पेरुले उरुग्वेलाई पेनाल्टी सुटआउटमै ५–४ ले हराएर सेमिमा चिलीसँगको भेट पक्का गरेको हो ।

सेमिफाइनलका खेल तालिका :

पहिलो सेमिफाइनल – ब्राजिल भर्सेस अर्जेन्टिना – बुधबार बिहान ६ः१५ बजे
दोस्रो सेमिफाइनल – चिली भर्सेस पेरु – बिहीबार बिहान ६ः१५ बजे

तेस्रो स्थानका लागि – पहिलो सेमिफाइनलमा पराजित भर्सेस दोस्रो सेमिफाइनलमा पराजित
समय – आइतबार बिहान १२ः४५ बजे

फाइनल खेल – पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता
समय – सोमबार बिहान १ः४५ बजे

प्रकाशित मिति १५ असार २०७६, आईतवार ०५:५२
Loading...