काठमाडौं, असार १४
यतिबेला ३६औं संस्करणको कोपा अमेरिका फुटबल ब्राजिलमा जारी छ । यसपटक यो प्रतियोगिता भारतलगायत सब–कन्टिनेन्ट देशहरूमा टिभी–च्यानलमा लाइभ प्रशारण छैन । दर्शकहरूले यो प्रतियोगिता इन्टरनेट साथ विभिन्न एपहरूमार्फत् हेर्नुपर्ने बाध्यता छ ! विगत वर्षहरूमा भारतको ब्रोडकास्टिङक कम्पनीले कोपाको प्रशारण अधिकार खरिद गरेर भारतसहित सब–कन्टिनेन्ट राष्ट्रमा प्रशारण गर्दै आएको थियो । तर, यसपटक सोनी नेटवर्कले कोपाको प्रशारण अधिकार खरिद नगरेकाले भारत र नेपालसहित सब–कन्टिनेन्ट राष्ट्रहरूमा यो खेल टिभीमा लाइभ छैन । कोपाको लाइभ विभिन्न फेसबुक पेजहरूले पनि दिइरहेका हुन्छन् । तर, फेसबुकमा यो प्रतियोगिता लाइभ हुनु अवैध हो । तसर्थ, कतिपयले त्यस्ता पेज वा लिंक सेयर गरे पनि ती राम्रा हुँदैनन् भने ‘कपी राइट’का कारण जतिबेला बन्द हुनसक्छन् । त्यसैले फेसबुक लाइभको भर यसमा हुँदैन ।
नेपालमा प्रत्यक्ष रूपमा टिभीमा यो खेल लाइभ हेर्न नपाइरहेका दर्शक तथा फुटबलप्रेमीहरूका लागि केही सजिला तरिका यहाँ दिइएको छ । यो जानकारी नेपालबाहिर रहेर टिभी वा अन्य तरिका वा माध्यमबाट हेरिरहेकाहरूका लागि नभई नेपालमा रहेका वा बाहिर रहेका त्यस्ता फुटबलप्रेमी जसले सजिलै यस्तो स्रोत वा तरिका थाहा पाउँदैनन्, उनीहरूका लागि हो । इन्टरनेटका माध्यमबाट स्मार्ट मोबाइल प्रयोगकर्ताले विभिन्न मोबाइल एपहरू प्रयोग गरेर खेल लाइभ हेर्न सक्छन् । फुटबल लाइभ दिने थुप्रै एपहरू हुन्छन् । तर, सबै एप सबै देशमा नचल्न सक्छन् । यहाँ सजिला र भरपर्दा दुई एपको प्रयोगबारे बताइएको छ ।
१) यदि तपाईंसँग एन्ड्रोइड भर्सनको मोबाइल र फास्ट नेट छ भने गुगल पेज वा गुगल क्रुम ब्राउजरमा गएर navixsport app सर्च गर्नुहोस् । अनि त्यहाँ सबैभन्दा सिरानमा आउने Navixsport for Android-Download लिंकमा क्लिक गरी डाउनलोड प्रक्रिया पूरा गर्नुहोस् । डाउनलोडका हरेक प्रक्रिया यहाँ दिइएको छ, ध्यान दिएर पूरा गर्नुहोस् । यदि तपाईंसँग द्रत गतिको नेट सुविधा छैन भने HD क्वालिटीमा यस्ता एप वा साइटबाट खेल हेर्न समस्या हुन्छ ।
- Free Download
- Install from Google Play (Right Side)
- Download APK (Top Black)
- Do you want to download Navixsport APP again? Download मा क्लिक गर्नुहोस्
- Open
- INSTALL
- Open
- Skip
अब सबै प्रक्रिया पूरा भएपछि तपाईं तल तस्बिरमा दिइएको जस्तै एपको होम पेजमा पुग्नुहुन्छ । यहाँबाट तपाईंले अंग्रेजी कमेन्ट्रीमा सजिलै कोपाका सबै खेल HD क्वालिटीमा हेर्न पाउनुहुन्छ । यसबाट अन्य सबैखाले खेल पनि हेर्न सकिन्छ । यस एपमा टिभी–च्यानलमा लाइभ नहुने अन्तर्राष्ट्रिय खेलदेखि क्लब फुटबलका महत्त्वपूर्ण सबैखाले खेलहरू लाइभ हेर्न सकिन्छ । फुटबलप्रेमीहरूका लागि यो एप निकै उपायोगी हुनेछ ।
२) अर्को सजिलो एप Live Copa America 2019 Brazil हो । यसलाई तपाईंले सोझै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड गरेर तपाईंले beIN SPORT LIVE कोलमबाट HD का क्वालिटी लेखिएका मध्येबाट लाइभ खेल भएको च्यानलबाट सजिलै खेल हेर्न सक्नुहुन्छ । यसको पहिलो एप डाउनलोड गरिकसेपछि सिस्टमले तपाईंलाई त्यसैबेला तुरुन्तै सोही नामको अर्को सहयाक एप डाउनलोड गर्न भन्न सक्छ । त्यसो भने त्यो पनि गर्नुस् । अनि मात्रै पहिलोपटक डाउनलोड गरेको एपबाट लाइभ भिडियो आउनेछ ।
अन्य तरिका :
तल दिइएको साइटलाई मोबाइल वा ल्यापटप–कम्प्युटरबाट लगिन गरेर तपाईंले HD क्वालिटीमा खेल हेर्न सक्नुहुन्छ । खेल सुरु हुनुभन्दा २–३ मिनेट अघिबाट यो लिंकमा लाइभ हुन्छ ।
website link : www.mrsoccers.com
(होम पेज खुलेपछि केही तल LIVE, SCHEDULE, MATCH RESULTS देखिन्छन् । खेल सुरु हुन लाग्दा त्यहाँबाट LIVE मा क्लिक गरेर अनि त्यसपछि आफूले हेर्न चाहेको खेलमा क्लिक गरेर HD क्वालिटीमा मज्जाले लाइभ हेर्न सकिन्छ । LIVE मा क्लिक नगरी त्योभन्दा केही तल झरेपछि सोझै सो दिन हुने सबै खेलहरूको सूची हुन्छ । तपाईंले त्यहाँबाट आफूले हेर्न चाहेको खेलमा क्लिक गरेर सजिलै हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति १४ असार २०७६, शनिबार १३:१८