महिला विश्वकप : आज क्वार्टरफाइनलमा दुई रोमाञ्चक खेल हुँदै !

काठमाडौं, असार १४
फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलमा दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् । दुई खेल सकिइसकेका छन् । आज राति दुई खेल भएपछि अन्तिम चारको समीकरण पूरा हुनेछ । अर्थात्, सेमि पुग्ने ४ वटै टिमको टुंगो लाग्नेछ ।

आज हुने खेलमध्ये एक खेलमा इटाली र नेदरल्यान्ड्सको रोमाञ्चक खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । यसअघि अन्तिम १६ मा इटालीले चीनलाई २–० तथा नेदरल्यान्ड्सले जापानलाई २–१ ले हराएर क्वार्टरफाइनलमा स्थान बनाएका थिए ।

त्यसैगरी, आज हुने दोस्रो खेलमा जर्मनी र स्वीडेन खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ । यसअघि अन्तिम १६ मा जर्मनीले नाइजेरियलाई ३–० तथा स्वीडेनले क्यानडालाई १–० हराएर क्वार्टरफाइनल प्रवेश गरेका थिए ।

यसअघि नर्वेलाई ३–० ले हराएर इंग्ल्यान्ड अन्तिम चारमा पुग्दा अमेरिकाले आयोजक फ्रान्सलाई २–१ ले हराएर सेमिफाइनलमा भेट पक्का गरिसकेका छन् । आज राति हुने दई खेलका विजेता टिम दोस्रो सेमिफाइनल खेलमा भिड्नेछन् ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार १०:४१
Loading...