फिफा महिला विश्वकप : आयोजक फ्रान्सलाई पन्छाउँदै अमेरिका सेमिफाइनलमा

काठमाडौं, असार १४
आयोजक देश फ्रान्सलाई स्तब्ध बनाउँदै पाहुना टोली तथा साबिक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गत राति भएको क्वार्टरफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै अमेरिका दोस्रो वर्ष सेमिफाइनल पुगेको हो ।

अमेरिकालाई जिताउन दुवै गोल मेगान रापिनाईले गरेकी थिइन् । उनले पहिलो र दोस्रो हाफमा १–१ गोल गरेकी थिइन् । अमेरिकाले खेलको पाँचौं मिनेटमै फ्रि किक गोलबाट अग्रता लिएको थियो । उनको लो फ्रि किक प्रहारले खेलाडीको भिड छिचोल्दै पोस्टको दिशा लिएको थियो

त्यसपछि दोस्रो हाफमा पनि रापिनोईले गोल गरिन् । उनले खेलको ६५औं मिनेटमा टोबिन हिथलेको पासमा गोल गरेपछि अमेरिका घरेलु टोलीविरुद्ध २–० ले अघि रह्यो ।

त्यसपछि फ्रान्सले खेलको ८१औं मिनेटमा विन्डी रोनार्डको हेडर गोलबाट अग्रता २–१ मा छोट्यायो । तर, उसले थप गोल गर्न नसक्दा खेल अमेरिकाले २–१ ले जित्यो ।

यससँगै अमेरिकाले सेमिफाइनलमा इंग्ल्यान्डसँगको भेट पक्का गरेको छ । इंग्ल्यान्ड अघिल्लो दिन नर्वेलाई हराउँदै सेमिमा प्रवेश गरेको थियो ।

प्रकाशित मिति १४ असार २०७६, शनिबार ०२:२९
Loading...