एसी मिलानमाथि युरोपियन प्रतियोगितामा लाग्यो प्रतिबन्ध !

एजेन्सी, असार १३
इटालियन क्लब एसी मिलानमाथि युरोपियन प्रतियोगिता खेल्न नपाउने गरी प्रतिब्नध लागेको छ । आज युइएफएले मिलानमाथि आगामी सिजन २०१९/२० मा युरोपा लिग खेल्न नपाउने गरी प्रतिबन्धको फैसला गरेको हो ।

युइएफएले एसी मिलानमाथि आफ्नो आर्थिक नियम उल्लघंन गरेको आरोपमा कारबाहीस्वरूप एक सिजन युरोपियन प्रतियोगितामा प्रतिबन्ध घोषणा गरेको पुष्टि गरेको छ । मिलानले खेलाडी किनबचेमा नियम मिचेर बढी रकम खर्च गरेको आरोपमा यसअघि छानबिन चलिरहेको थियो ।

युइएफएले विज्ञप्तिमा भनेको छ– ‘फुटबल क्लब एसी मिलानले युइएफएको आर्थिक अनुशासन उल्लंघन गरेको प्रमाणित भएले एक सिजन युरोपिययन प्रतियोगितामा प्रतिबन्ध गर्ने निर्णय भएको छ ।’

आगामी सिजन एसी मिलान युरोपा लिगका लागि छानिएको थियो । तर, अब यो निर्णयसँगै उसको नाम प्रतियोगिताबाट निकालिनेनछ । उसले पाँचौं स्थानमा रहेर सिजन पूरा गरेको थियो ।

मिलानमाथि प्रतिन्ध लागेसँगै अब सातौं स्थानको टोरिनोले युरोपियन प्रतियोगितामा प्रवेश पाउने भएको छ । टोरिनोले सातौं स्थानमा रहेर सिजन सिध्याएको थियो ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ११:००
Loading...