अर्जेन्टिना भर्सेस भेनेज्वेला : ‘हेड टु हेड’मा को बलियो ? यस्तो छ तथ्यांक

काठमाडौं, असार १३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राति दोस्रो क्वार्टरफाइनल खेल हुँदैछ । जसमा लिओनल मेस्सीको टिम अर्जेन्टिनाले भेनेज्वेलाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार शनिबार बिहान १२ः४५ बजेबाट सुरु हुनेछ ।

अर्जेन्टिना समूह ‘बी’बाट उपविजेता बनेर अन्तिम आठमा पुग्दा भेनेज्वेला पनि समूह ‘ए’को उपविजेजता बनेको थियो ।

यी दुई टोली गत मार्चमा स्पेनमा मैत्रीपूर्ण खेलमा खेलेका थिए । मेस्सीसहितको अर्जेन्टिनालाई त्यसबेला भेनेज्वेलाले ३–१ ले निराश बनाएको थियो । त्यसपछि यी दुई टिम पुनः भिड्न लागेका हुन् ।

विगतमा यी दुई देशको रेकर्ड कस्तो छ ?

  • कूल खेल संख्या – २५
  • अर्जेन्टिना विजयी – २१
  • भेनेज्वेला विजयी – २
  • बराबरी – २

यसरी हेर्दा अर्जेन्टिना भेनेज्वेलामाथि अधिकतम् हाबी देखिन्छ । सबैखाले प्रतियोगितामा गरेर कूल २५ पटक यी टिम भिड्दा अर्जेन्टिनाले २१ खेल जितेको छ भने मात्रै २ खेल हारेको छ ।

अर्को तथ्यांक यस्तो छ कि, सन् १९५६ देखि सन् २०११ सम्मको अवधिमा अर्जेन्टिनाले भेनेज्वेलाविरुद्ध खेलेका सबै १९ खेल नै जितेको थियो । त्यसयताका ६ खेलमध्ये अर्जेन्टिनाले दुई खेल हार्दा दुई खेल बराबरी गरेको थियो ।

पछिल्ला ५ खेलको नतिजा :

  • २२ मार्च, २०१९ : अर्जेन्टिना १ – ३ भेनेज्वेला
  • ५ सप्टेम्बर २०१७ : अर्जेन्टिना १–१ भेनेज्वेला
  • ६ सेप्टेम्बर २०१६ : अर्जेन्टिना २–२ भेनेज्वेला
  • १८ जुन २०१६ : अर्जेन्टिना ४–१ भेनेज्वेला
  • २२ मार्च २०१३ : अर्जेन्टिना ३–० भेनेज्वेला

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०९:५८
Loading...