ब्राजिल भर्सेस पराग्वे : पहिलो हाफमा बराबरी

काठमाडौं, असार १३
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा क्वार्टरफाइनलअन्तर्गत यतिबेला घरेलु टोली ब्राजिल र पाहुना टोली पराग्वे भिडिरहेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

निकै प्रतिस्पर्धात्मक देखिएको खेलमा पहिलो हाफमा दुवै पक्षबाट गोल निस्कन सकेन । खेलमा घरेलु टोलीले बढी आक्रमण गरे भने पराग्वेको रक्षापंक्ति उसका लागि बाधक बन्यो ।

ब्राजिलका लागि फिलिपे कोउटिन्हो र ग्याब्रिएल जेससले पटक–पटक प्रहार गरे पनि पराग्वेका गोलरक्षकले उत्कृष्ट बचाउ गरेर घरेलु टोलीलाई अग्रता लिनबाट रोके ।

यता, पराग्वेले भने पहिलो हाफमा मात्रै दुईपटक ब्राजिलको पोस्टमा आक्रमण गरेको थियो । एक कडा प्रहारमा गोलरक्षक एलिसन बेकरले कठिन गरी बचाएपछि पराग्वे खेलमा अग्रता लिनबाट चुकेको थियो ।

प्रकाशित मिति १३ असार २०७६, शुक्रबार ०१:१५
Loading...