कोपा अमेरिका : पहिलो क्वार्टरफाइनलमा ब्राजिल र पराग्वे भिड्दै

काठमाडौं, असार १२
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहानबाट क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । पहिलो क्वार्टरफाइनल खेलमा आयोजक टोली ब्राजिल र पाहुना टोली पराग्वे आमेनसामने हुँदैछन् । खेल नेपाली समयअनुसार भोलि (शुक्रबार) बिहान ६ः१५ बजेबाट सुरु हुनेछ ।

यसपटक ब्राजिललाई उपाधिका लागि सबैभन्दा प्रमुख दाबेदार टिम मानिएको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेश गरेको ऊ पराग्वेविरुद्ध पनि सहज जित निकाल्दै सेमिफाइनलको टिकट काट्ने दाउमा छ ।

यसअघि समूह चरणमा ब्राजिल समूह ‘ए’बाट समूह विजेता बनेर क्वार्टरफाइनल पुग्दा पराग्वे समूह ‘बी’बाट उत्कृष्ट दुईमा रहँदै अर्को चरण पुगेको थियो ।

यसपटक ब्राजिल टोलीका स्टार फरवार्ड नेइमारबिनै खेलिरहे पनि उसले उत्कृष्ट लय समातेको छ । नेइबारबाहेक टोलीमा रहेका सबैजसो प्रमुख खेलाडी फिट रहेकाले ब्राजिललाई उपाधि जित्न सक्ने टिमका रूपमा हेरिएको छ ।

ब्राजिल र पराग्वेबीचको खेलको विजेता टिमले समेमिफाइनलमा अर्जेन्टिना र भेनेज्वेलाबीचको विजेतासँग फाइनल प्रवेशका लागि भिड्नेछ ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०८:५७
Loading...