बार्सिलोनाले आज नयाँ गोलकिपर अनुबन्ध गर्दै !

एजेन्सी, असार १२
स्पेनिस क्लब बार्सिलोनाले नयाँ गोलकिपर भित्र्याउने अन्तिम तयारी गरेको छ । स्पेनिस मिडियाका अनुसार आज लिग उसले प्रतिस्पर्धी क्लब भ्यालेन्सियाका ब्राजिलियन गोलकिपर नेटो अनुबन्धको घोषणा गर्न लागेको हो ।

बार्सिलोनाले गोलकिपरमा साटफेर सम्झौता गर्न लागेको हो । उसले आफ्ना दोस्रो रोजाइका डच गोलरक्षक ज्यास्पर सिलेसनलाई भ्यालेन्सिया पठाएर भ्यालेन्सियाका पहिलो रोजाइका गोलरक्षक नेटोलाई भित्र्याउन लागेको हो ।

बार्सिलोनाले सिलेसनका लागि ३० मिलियन युरो मूल्य कायम गरी सम्झौता गर्न लागेको हो । सिलेसनलाई भ्यालेन्सियाले अनुबन्धको घोषणा गरिसकेको भए पनि बार्सिलोनाले भने २ दिनपछि आज मात्रै नेटो अनुबन्धको घोषणा गर्न लागेको हो ।

सिलेसन सन् २०१६ मा डच क्लब आयाक्सबाट बार्सिलोनामा अनुबन्ध भएका सिलेसनले ३ वर्षमा मात्रै ३२ खेल खेले । बार्सिलोनामा खेल्न नपाएपछि उनले क्लब छाडेका हुन् ।

यता, नेटो भने सन् २०१७ मै इटालियन युभेन्टसबाट भ्यालेन्सियामा अनुबन्ध भएका थिए । २९ वर्षीय उनी भ्यालेन्सियामा पहिलो रोजाइका गोलरक्षक भए पनि बार्सिलोनामा भने दोस्रो रोजाइका गोलरक्षकका रूपमा रहनेछन् ।

प्रकाशित मिति १२ असार २०७६, बिहीबार ०५:५५
Loading...