म सानैबाट रोनाल्डोजस्तै बन्न चाहन्थें : डि लिग्ट

एजेन्सी, असार ११
स्पेनिस बार्सिलोनाले नम्बर वान टार्गेटमा राखेका युवा डच डिफेन्डर डि लिग्टले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । उनले आफूले सानो छँदादेखि नै भविष्यमा रोनाल्डोजस्तै बन्ने सपना देख्दै आएको बताएका छन् ।

सरुवा बजार खुलेदेखि नै बार्सिलोना १८ वर्षीय युवा खेलाडी भित्र्याउन लागि परेपनि अहिले आएर डि लिग्टलाई इटालियन युभेन्टसले भित्र्याउने करिब पक्का भएको छ ।

युभेन्टसका रोनाल्डोले क्लबसँग र स्वयं डि लिग्टसँग पनि मध्यस्थता गरेपछि डि लिग्ट युभेन्टस जान सहमत भएको बताइन्छ । केही समयअघि पोर्चुगलमा युइएफए नेसन्स लिगको फाइनल खेल दौरान रोनाल्डोले डि लिग्टसँग युभेन्टस अनुबन्ध हुने अनुरोध गरेका थिए ।

त्यसपछि पनि रोनाल्डोले डि लिग्टसँग संवाद गरे उनलाई युभेन्टस भित्र्याउन भूमिका खेलेका हुन् । उनैले क्लब युभेन्टससँग डि लिग्ट भित्र्याउन सुझाव दिएका थिए ।

उनै डि लिग्टले हालै एक अन्तर्वार्तामा बोल्दै रोनाल्डोको तारिफ गरेका हुन् । उनले रोनाल्डोलाई आफूले सानैबाट विशेष रूपले हेर्दै आएको बताए । ‘जतिबेला म बाल्यावस्थामा थिएँ, हामी पनि साना–साना मैदानमा फुटबल खेल्थ्यौं,’ डि लिग्टले भने, ‘त्यसबेलाबाटै म सधैं क्रिस्टियानो रोनाल्डोजस्तै बन्न चाहन्थें । उनी मेरा आइडल हुन् ।’

डि लिग्टले अघि थपे, ‘जतिबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडमा थिए, उनले लगाएको जर्सी नै मैले पहिलोपटक लगाएको थिएँ ।’

प्रकाशित मिति ११ असार २०७६, बुधबार १६:०१
Loading...