एजेन्सी, असार ११
यतिबेला ब्राजिलमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल चलिरहेको छ । जारी प्रतियोगितामा सहभागी विभिन्न देशका खेलाडीमध्येबाट सर्वाधिक मूल्यवान् खेलाडीहरूको सूची सार्वजनिक भएको छ ।
चर्चित संस्था ‘ट्रान्फर मार्केट’ले कोपा खेलिरहेका सर्वाधिक मूल्यवान् टप–१० खेलाडीको सूची निकालेको हो । जसमा अर्जेन्टिनाका कप्तानसमेत रहेका फरवार्ड लिओनल मेस्सी सो सूचीको शीर्ष स्थानमा रहेका छन् ।
त्यसपछि दोस्रो स्थानमा ब्राजिलका मिडफिल्डर फिलिपे कोउटिन्हो दोस्रो नम्बरमा रहँदा तेस्रोमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला रहेका छन् । चौथोमा ब्राजिलका गोलकिपर एलिसन रहँदा पाँचौंमा ब्राजिलकै फरवार्ड रोवर्ट फर्मिन्हो रहेका छन् ।
त्यस्तै, छैटौंमा ब्राजिलकै गोलरक्षक इडर्सन, सातौंमा ब्राजिलका मिडफिल्डर अर्थुर, आठौंमा ब्राजिलकै फरवार्ड ग्याब्रिएल जेसस, नवौंमा उरुग्वेका सेन्टर ब्याक जोसे गिमेन्ज र दशौंमा ब्राजिलकै सेन्टर ब्याक मार्कक्विनोस रहेका छन् ।
कोपामा अब अन्तिम आठका खेल हुन बाँकी छन् । यी खेल २ दिनपछि बाट सुरु हुँदैछन् । चार टिम समूह चरणबाटै आउट भएका थिए ।
प्रकाशित मिति ११ असार २०७६, बुधबार ०५:२२