कोपा अमेरिका खेल्ने ‘सर्वाधिक मूल्यवान्’ टिमको सूची सार्वजनिक

एजेन्सी, असार ११
यतिबेला ब्राजिलमा ४६औं संस्करणको कोपा अमेरिका फुटबल चलिरहेको छ । जारी प्रतियोगिताका सर्वाधिक मूल्यवान् टिमको सूची सार्वजनिक भएको छ ।

‘ट्रान्फर मार्केट’ ले जारी गरेको कोपाका सर्वाधिक मूल्यवान् टिमको सूचीमा सबैभन्दा शीर्ष स्थानमा आयोजक ब्राजिल रहेको छ । त्यसपछि दोस्रोमा लिओनल मेस्सीको टिम अर्जेन्टिना छ ।

तेस्रो नम्बरमा लुइस स्वारेजको टिम उरुग्वे रहँदा चौथोमा हामेस रोड्रिग्वेजको टिम कोलम्बिया र पाँचौंमा साबिक विजेता टिम चिली रहेको छ ।

त्यसैगरी, छैटौंमा पराग्वे, सातौंमा भेनेज्वेला, आठौंमा जापान, अनवौंमा पेरु, दशौंमा इक्वेडर एघारौंमा कतार र बाह्रौंमा बोलिभिया रहेका छन् ।

प्रकाशित मिति ११ असार २०७६, बुधबार ०४:४९
Loading...