कोपा अमेरिका : नेपाली समयमा क्वार्टरफाइनलका खेल तालिका

काठमाडौं, असार १०
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको समूह चरणका खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । आज बिहान दुई खेल भएपछि क्वार्टरफाइनल पुग्ने ८ वटै टोलीको टुंगो लागेको हो ।

समूह ‘ए’, समूह ‘बी’ र समूह ‘सी’बाट शीर्ष दुई टिम सोझै अर्को चरण जाँदा बाँकी दुई टिमलाई भने उत्कृष्ट दुईको विधिबाट लगियो । जसमा तीन समूहको तेस्रो स्थानमा रहेका तीन टिममध्येबाट अंक र गोलअन्तरमा अघि रहेका दुई टिमले अर्को चरणमा प्रवेश पाए ।

को कसरी पुगे क्वार्टरफाइनलमा ?

ब्राजिल – समूह ‘ए’को विजेता
भेनेज्वेला – समूह ‘ए’को उपविजेता
कोलम्बिया – समूह ‘बी’को विजेता
अर्जेन्टिना – समूह ‘बी’को उपविजेता
उरुग्वे – समूह ‘सी’को विजेता
चिली – समूह ‘सी’को उपविजेता

उत्कृष्ट दुईबाट जाने टिम :

पेरु – समूह ‘ए’
पराग्वे – समूह ‘बी’

समूह ‘ए’बाट बोलिभिया, समूह ‘बी’बाट कतार, समूह ‘सी’बाट जापान र इक्वेडर समूह चरणबाटै आउट भए ।

क्वार्टरफाइनलका खेलबारे

क्वार्टरफाइनलका खेल नेपाली समयअनुसार शुक्रबार बिहानबाट हुनेछन् । क्वार्टरफाइनलमा हुने चार खेलबाट सेमिफाइनल पुग्ने चार टिमको टुंगो लाग्नेछ ।

नेपाली समयअनुसार खेल तालिका :

ब्राजिल भर्सेस पराग्वे – शुक्रबार बिहान, ६ः१५ बजे
भेनेज्वेला भर्सेस अर्जेन्टिना – शनिबार बिहान, १२ः४५ बजे
कोलम्बिया भर्सेस चिली – शनिबार बिहान, ४ः४५ बजे
उरुग्वे भर्सेस पेरु – आइतबार बिहान, १२ः४५ बजे

प्रकाशित मिति १० असार २०७६, मंगलवार ०७:३१
Loading...