आज मेस्सीको जन्मदिन : थाहा पाउनुहोस् उनीबारे १७ रोचक तथ्य !

एजेन्सी, असार ९
आफ्नो भद्भुत खेल कौशल र प्रतिभाका कारण विश्वका करोडौं फुटबलप्रेमीको मनमा बस्न सफल भएका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको आज जन्मदिन हो । उनले आज ३२औं जन्मदिन मनाइरहेका छन् ।

मेस्सी मात्रै हैन, विश्वभरि रहेका उनका करोडौं फ्यानहरूले आज उनको जन्मदिन विशेष रूपमा मनाइरहेका छन् । मेस्सी आजबाट ३२ वर्ष लागेका छन् ।

सन् २००४ बाट बार्सिलोनाको सिनियर टोलीबाट खेलिरहेका मेस्सी अहिले क्लबका कप्तान छन् । उनी राष्ट्रिय टिमकासमेत कप्तान हुन् । मेस्सी हाल कोपा अमेरिका खेल्न ब्राजिलमा छन् । उनको टिम अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरिसकेको छ ।

यहाँ हामीले मेस्सीका जीवनका १७ रोचक तथ्यलाई बुँदागत रूपमा राखेका छौं :

(१) मेस्सी सन् १९८७ को जुन २४ मा जन्मिएका थिए । उनको जन्म अर्जेन्टिनाको रारियो क्षेत्रमा भएको थियो । मेस्सीको ११ वर्षकै उमेरमा डाइग्नोसिस गरिएको थियो । त्यसबेला मेस्सीमा उचाइ नबढ्ने समस्या थियो । हर्मन डिफेसेन्सी सिन्ड्रोमबाट ग्रस्त उनको शारीरिक विकास नहुने भएपछि उनको उपचार गरिएको थियो ।

पछि उपचार पनि हुन थाल्यो र मेस्सीले आफ्नो फुटबल करिअर पनि अघि बढाउँदै गए । मेस्सीको परिवार आर्थिक हिसाबले निम्नस्तरको भएकाले उनको उपचार सहयोग उठाएर गरिएको थियो । त्यसबेला उनको उपचारमा मासिक १००० डलर खर्च हुन्थ्यो ।

(२) मेस्सीका डाई हार्ट फ्यान भइकन पनि कतिपयलाई यो थाहा नहुन सक्छ कि, उनी संसारकै होचा फरवार्डमध्येमा पर्छन् । उनको उचाइ १.६९ मिटर मात्रै रहेको छ । तर, होचा भइकन पनि मेस्सीले खत्राभन्दा खत्रा भनिएको टिमको रक्षापंक्तिलाई पनि ध्वस्त पार्दै आएका छन् । जब मेस्सीको खुट्टामा बल पर्छ, विपक्षीलाई बेल खोस्न पसिना बगाउनुपर्छ ।

(३) मेस्सी १३ वर्षकै उमेरमा बार्सिलोनामा अनुबन्ध भएका थिए । त्यसअघि उनी अर्जेन्टिनाको क्बल ‘न्युवेल्स ओल्ड ब्वाइज’मा आबद्ध थिए । उनले सोही क्लबबाट फुटबल सिकेका थिए । सो क्लबमा उनले सन् १९९५ देखि २००० सम्म गरी ५ वर्ष बिताएका थिए ।

(४) सानै उमेरमा मेस्सीको जादुयी खेल कौशल देखेपछि पछि बार्सिलोनाले उनलाई सन् २००१ मा भित्र्याएको थियो । त्यत्तिबेला मेस्सी मात्रै १३ वर्षका थिए । बार्सिलोनाले मेस्सीको रोगको उपचार गर्नेसँगै पढाइलगायत सबैखाले हेरचाह गर्ने सर्तमा भित्र्याएको थियो ।

(५) मेस्सीको बारेमा एउटा चर्चित तथ्य यो हो कि, उनलाई बार्सिलोनाले अनुबन्ध गर्न न्यापकिन पेपरमा सम्झौता गरेर भित्र्याएको थियो । क्लबका अधिकारी र मेस्सी दुवैले न्यापकिन पेपरमा सही गरेका थिए ।

(६) धेरैजसोलाई थाहा भएको मेस्सीको नाम लिओनल मेस्सी हो । तर, उनको पूरा नाम यति मात्रै हैन । उनको बीचको नाम पनि छ । उनको पूरा नाम लिओनल आन्द्रेस मेस्सी हो । मेस्सीको यो बीचको नाम भने उनका पिताले राखेको बताइन्छ । यो नामको अर्थ पारिवारिक पृष्ठभूमिसँग जोडिएको छ ।

(७) मेस्सी विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर सबैभन्दा कान्छो उमेरमा जित्ने खेलाडी हुन् । उनले २२ वर्षकै उमेरमा यो अवार्ड जितिसकेका थिए । मेस्सीले २५ वर्ष ६ महिना १२ दिन पुग्दा चारपटक बालोन डि‘ओर जितिसकेका थिए । उनी सबैभन्दा कान्छो उमरेमा धेरै बालोन डि‘ओर जित्ने खेलाडी पनि हुन् ।

(८) मेस्सी मात्रै २१ वर्षको उमेरमा फिफाको ‘बेस्ट प्लेयर अफ् द इयर’का लागि मनोनित भएका थिए । तर, उनले सो वर्ष अवार्ड भने जित्न सकेकन् । उनी सबैभन्दा सानो उमेरमा फिफाको मनोनयमा पर्ने खेलाडी हुन् । मेस्सीले सन् २००९ मा पहिलोपटक सो अवार्ड पहिलोपटक जितेका थिए ।

(९) मेस्सी सबैभन्दा कम २५ वर्षको उमेरमा स्पेनिस लिगमा २०० गोल गर्ने एक मात्रै खेलाडी हुन् ।

(१०) एकै क्यालेन्डरमा सर्वाधिध धेरै गोल गर्ने खेलाडीमा मेस्सीले विश्व रेकर्ड नै बनाएका छन् । विश्व रेडर्क राख्ने गिनिज बुकमा मेस्सीको नाममा यो रेकर्ड दर्ज छ ।

(११) मेस्सीसँग दुई देशको राहदानी रहेको छ । लामो समय स्पेनमा बिताएका उनले सन् २००५ मै स्पेनिस नागरिक भएका थिए ।

(१२) मेस्सीले अर्जेन्टिनाको सिनियर टोलीबाट सन् २००५ मा डेब्यु गरेका थिए । हंगेरीविरुद्ध डेब्यु गरेका उनले मात्रै ४७ सेकेन्ड खेल्न पाए । त्यसबेला विपक्षी खेलाडीमाथि फउल गरेको आरोपमा उनले सोझै रातो कार्ड पाएर मैदान छाडन् परेको थियो । त्यसयता उनले करिअरमा पुनः रातो कार्डको दर्शन गर्नुपरेको छैन ।

(१३) मेस्सीले पहिला १९ नम्बर जर्सी लगाउँथे । उनले सन् २००८ बाट १० नम्बर जर्सी लागउन थालेका हुन् । त्यसअघि बार्सिलोनामा सो जर्सी ब्राजिलियन रोनाल्डिन्होले लगाउँथे ।

(१४) धेरैलाई थाहा नभएको एउटा तथ्या यो हो कि, कुनै बेला मेस्सीलाई स्पेनको राष्ट्रिय टोलीबाट फुटबल खेल्ने प्रस्ताव आएको थियो । तर, उनले सो प्रस्ताव मानेनन् ।

(१५) मेस्सीले आफ्नो छोरा थियागो मेस्सीको नामबाट खुट्टामा ट्याटु खोपेका छन् ।

१६) कतिलाई यो कुरा थाहा नहुन सक्छ कि, जब मेस्सीले मैदानमा गोल गर्दा दुवै हात उठाएर भागवान् सम्झिन्छन्, त्यसबेला उनले आफ्नी हजुरआमालाई सम्झिने गर्छन् । मेस्सीलाई एकदमै माया गर्ने उनकी हजुरआमाको निधन मेस्सी १० वर्षकै हुँदा भएको थियो ।

(१७) देशका लागि हालसम्म कुनै ठूलो उपाधि जिताउन नसकेको भनेर आलोचित बन्दै आएका मेस्सीले सन् २००८ मा बेइजिङमा भएको ओलम्पिक खेलकुदमा अर्जेन्टिनालाई गोल्ड मेडल जिताएका थिए । तर, त्यो उमेर समूहको प्रतियोगिता थियो । उनले सिनिर टोलीबाट हालसम्म देशका लािग कुनै उपाधि जित्न सकेका छैनन् ।

प्रकाशित मिति ९ असार २०७६, सोमबार १४:२०
Loading...