कोपा अमेरिका : पहिलो हाफमा अर्जेन्टिनालाई अग्रता !

काठमाडौं, असार ९
ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अहिले अर्जेन्टिना र कतार भिडिरहेका छन् । खेलको पहिलो हाफमा लिओनल मेस्सीको टिम अर्जेन्टिनाले १–० को सुरुआती अग्रता लिएको छ ।

खेलको सुरु भएको चौथो मिनेटमै कतारी डिफेन्डरको गल्तीको फाइदा उठाउँदै अर्जेन्टिनाले गोलको खाता खोलेको थियो । उसका लागि लौटारो मार्टिन्जले सहजै गोल गरेका थिए ।

कतारका डिफेन्डरले आफ्नै साथीलाई दिएको पास साथीसम्म पुग्न नपाई मार्टिन्जले नियन्त्रणमा लिएर सहजै गोल गरेका थिए ।

उता, अहिले भइरहेको अर्को खेलको पहिलो हाफमा कोलम्बियाले पराग्वेविरुद्ध १– ०को अग्रता लिएको छ । कोलम्बियाका लागि गुस्टाबो कुलरले खेलको ३१औं मिनेटमा गोल गरेका हुन् ।

प्रकाशित मिति ८ असार २०७६, आईतवार १९:४७
Loading...