काठमाडौं, असार ८
समूह चरणको अन्तिम खेलमा बोलिभियालाई हराउँदै भेनेज्वेला कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । गत राति भएको समूह चरणको अन्तिम खेलमा उसले बोलिभियालाई ३–१ निराश बनाउँदै अर्को चरणको यात्रा तय गरेको हो ।
यससँगै भेनेज्वेलाले अन्तिम खेलबाट ३ अंक जोडेर प्रतियोगितामा उपाधि होड कायमै राख्दा बोलियभा ३ वटै खेल हारेर प्रतियोगिताबाट आउट भएको छ ।
भेनेज्वेलालाई जिताउन डर्विन म्याकिसले २ गोल गरे । उनले खेलको दोस्रो मिनेटमै गोल गरेर भेनेज्वेलालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५औं मिनेटमै डर्विनले गोल गर्दै आफ्नो टिमलाई २–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२औं मिनेटमा बोलिभिायले गोल गर्दै खेलमा फर्किने संकेत दिएको थियो । उसका लागि लिओनल जस्टिनियानो अरुजले गोल गर्दै खेल २–१ बनाएका थिए ।
तर, खेलको ८६औं मिनेटमा भेनेज्वेलाका लागि जोसेफ मार्टिन्जले गोल गरेपछि खेल भेनेज्वेलाले ३–१ ले जित्यो ।
यो जितपछि भनेज्वेला ३ खेलबाट ५ अंक जोड्दै अन्तम आठमा पुगेको छ । सोही समूहबाट ब्राजिल पेरुलाई हराउँदै अन्तिम आठमा पुुगिसकेको छ ।
सो समूहबाट पेरु अर्को चरण जाने प्रबल सम्भावना छ । ऊ उत्कृष्ट दुईको विधिबाट अर्को चरण जाने सम्भावना छ । त्यसका लागि अन्य समूहका अन्तिम खेलसम्म पखिर्नुपर्छ ।
प्रकाशित मिति ८ असार २०७६, आईतवार ००:१९