बार्सिलोनाका प्रशिक्षक भाल्भर्डेबारे आयो यस्तो सर्वेक्षण

एजेन्सी, असार ७
सिजन २०१८/१९ मा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको चर्को आलोचना भए । कतिपयले यी दुई पराजयपछि भाल्भर्डेले आफैंले पद छाड्ने अनुमान गरे पनि उनले त्यसो गरेनन् ।

बरु, उनले त बार्सिलोनाका लागि आफू नै उत्तम म्यानेजर रहेको भन्दै नयाँ सिजन पनि टोली आफैंले सम्हाल्ने बताए । सँगै, क्लबका अध्यक्षले पनि ‘बार्सिलोनाले चाहेको प्रशिक्षक भाल्डर्भे नै रहेको’ भन्दै उनलाई नयाँ सिजनमा पनि निरन्तरता दिने बताए ।

तर, फ्यानहरूले भने भाल्भर्डेको बहिर्गमनका लागि चर्को आजाव उठाए । उनीहरूले ‘भाल्भर्डे आउट’ भन्दै सामाजिक सन्जालमा अभियानै चलाए । तर, सरुवा बजार सुरु भएसँगै बार्सिलोना भाल्भर्डेको विषय छायाँमा पर्यो । फ्यानहरूले चट्टै उनको आलोचना गर्न बिर्सिए ।

तर, हालै एक सर्वेक्षणले पनि बार्सिलोनाका लागि नयाँ प्रशिक्षकमा भाल्भर्डे उचित नहुने निचोड निकालेको छ । स्पेनको एक सञ्चार संस्थाले गरेको सर्वेक्षणअनुसार बार्सिलोनाका अधिकांश फ्यानहरूले भाल्भर्डेलेलाई नयाँ सिजनमा राख्न नहुने मत जाहेर गरेका छन् ।

करिब ३४ हजारले भोटिङ गरेको सो सर्वेक्षणमा बहुमत फ्यानहरूले भाल्भर्डेलाई प्रशिक्षका निरन्तरता दिन नहुने बताएका हुन् । कूल मतमध्ये ६५ प्रतिशत सहभागीले बार्सिलोनाले नयाँ प्रशिक्षक खोजी गर्नुपर्ने र भाल्भर्डेलाई पदबाट बर्खास्त गर्नुपर्ने सुझाव दिएका छन् ।

बार्सिलोनाले भाल्भर्डेलेलाई २ वर्षअघि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको थियो । तर, उनले दुई सिजन बिताए पनि बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेको छैन ।

तपाईंको विचारमा बार्सिलोनाले नयाँ सिजनमा भाल्भर्डेलाई नै निरन्तरता दिनुपर्छ कि बर्खास्त गरेर नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्छ ? आफ्नो मत कमेन्ट बक्समा राख्नुहोस् ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०७:५८
Loading...