अफ्रिका नेसन्स कप : जिम्बावेलाई हराउँदै इजिप्टको विजयी सुरुआत

काठमाडौं, असार ७
गत रातिबाट सुरु भएको अफ्रिका कप अफ् नेसन्स प्रतियोगितामा मोहमद सालाहको टिम इजिप्टले विजयी सुरुआत गरको छ । गत राति भएको उद्घाटन खेलमा इजिप्टले जिम्बावेलाई १–० ले हराउँदै सुखद् सुरुआत गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा जिम्बावेका लागि खेलको ४१औं मिनेटमा मोहमद हसनले गरेको १ मात्रै गोल जितका लागि निर्णायक बन्यो ।

त्यसअघि र पछि दुवै टिमले गोलका लागि प्रशस्तै मौका बनाए पनि थप गोल निस्कन सकेन । खेलमा तुलनात्मक रूपमा इजिप्टले बढी प्रभाव जमाएको थियो ।

यो जितपछि इजिप्टले समूह ‘ए’मा ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा बसेको छ । पराजित जिम्बावे सबैभन्दा पुछारमा छ । सो समूहमा इजिप्ट र जिम्बावेसँगै युगान्डा र कङ्गो रहेका छन् ।

प्रकाशित मिति ७ असार २०७६, शनिबार ०१:२३
Loading...