यसपटक बार्सिलोनाले ‘ग्याम्पर ट्रफी’ इंग्लिस क्लबसँग खेल्ने

एजेन्सी, असार ६
स्पेनिस क्लब बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि वार्षिक मैत्रीपूर्ण खेलका रूपमा आफैंले ‘ग्याम्पर ट्रफी’ प्रतियोगिता आयोजना गर्ने गर्छ । उसले नयाँ सिजनको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलका रूपमा क्लबको वार्षियक योजनामै राखेर आफ्नो घरेलु रंगशालामा आयोजना गर्ने गर्छ ।

त्यसका लागि क्लब आफैंले निर्णय गरेर एक पाहुना क्लबलाई निम्ता गर्छ । उसले आफ्नो निर्णयअुनसार जुनसुकै क्लबलाई पनि यस प्रतियोगितामा बोलाउन सक्छ ।

यसपटक सिजन २०१९/२० सुरु हुनुअघि उसले आयोजना गर्ने यस प्रतियोगितामा इंग्लिस क्लब आर्सनललाई पाहुना टोलीका रूपमा डाक्ने निर्णय गरेको छ । क्लबले आज एक प्रेश विज्ञप्ति जारी गर्दै आर्सनललाई क्याम्प नोउमा ‘ग्याम्पर ट्रफी’ प्रतियोगिता खेल्न पाहुना टोलीका रूपमा निम्त्याउने जनाएको हो ।

बार्सिलानोले सो खेल आगामी अगस्ट ४ तारिखका दिन क्याम्प नोउमा आयोजना गर्ने पुष्टि गरेको छ ।

यससँगै आर्सनल बार्सिलोनाले आयोजना गर्ने यो प्रतियोगिता खेल्ने छैटौं इंग्लिस टिम बनेको छ । हरेक वर्ष बार्सिलोनाले यस खेललाई नयाँ सिजनको तयारीका रूपमा लिने गर्छ ।

प्रकाशित मिति ६ असार २०७६, शुक्रबार १२:२०
Loading...